शर्मिला वाइबा ३५ हजार धरौटीमा रिहा

काठमाडौं। आफूलाई सामाजिक अभियान्ता दाबी गर्ने शर्मिला वाइबा ३५ हजार धरौटीमा रिहा भएकी छिन् । हास्य कलाकार पवन खतिवडा (म्याकुरी)लाई कुटपिट गरेको आरोपमा पक्राउ परेकी वाइबा धरौटीमा रिहा भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

कुटपिट तथा अङ्गभङ्ग सम्बन्धी कसुरमा १० हजार र साइबर अपराध सम्बन्धी मुद्दामा २५ हजार गरी ३५ हजार रुपैयाँ धरौटी बुझाएर सोमबार रिहा भएकी हुन् ।

कलाकार खतिवडाले कुटपिट गरेको उजुरी दिएपछि गत फागुन १६ गते सिन्धुपाल्चोकको बाह्रविसेबाट प्रकाउ परेकी थिइन्। पवन र उनकी पत्नी सुम्निमा खालिङबिच विवाद चलेका बेला सुम्निमासँग मिलेर वाइबाले हातपात गरेको आरोप लागेको थियो ।

तपाईको प्रतिक्रिया