बुधबार सुनको मुल्यमा वृद्धि

काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको जानकारी दिएको छ । महासङ्घका अनुसार हिजो मंगलबारको तुलनामा आज मूल्य बढेर कारोबार सुरु भएको हो ।

आज छापावाल सुनको मूल्य तोलामा १ लाख २६ हजार ८०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख २६ हजार २०० रुपैयाँ रहेको छ । हिजो छापावाला सुनको मूल्य तोलामा १ लाख २६ हजार ४०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख २५ हजार ८०० रुपैयाँ थियो ।

आज चाँदीको मूल्यमा १५ रुपैयाँले घटि तोलामा १४ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।

तपाईको प्रतिक्रिया