काठमाडौं। अनेरास्ववियुको स्थायी कमिटी सदस्य रक्षा बम पक्राउ परेकी छन् । बम मंगलबार काठमाडौंको बालाजु क्षेत्रबाट पक्राउ परेकी हुन् ।
बमलाई आपराधिक लाभ लिन नहुने कसुरमा पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए । उनका अनुसार पीडितको मोबाइल समेत कब्जा गरेर अपराधिका लाभ लिएको आरोप छ ।
उनीविरुद्ध प्रहरी वृत्त महाराजगञ्जले अनुसन्धान गरिरहेको छ ।

नेपालीरैबार । २०८० चैत्र १४, बुधबार