उत्कृष्ट प्रदर्शन गर्दा घोषणा गरिएको रकम हस्तान्तरण

सुर्खेत । गत सेप्टेम्बर ४ मा श्रीलंकामा भएको एसिया कप क्रिकेटमा नेपाल र भारतबिच भएको खेलमा नेपालले उत्कृष्ट प्रदर्शन गरेको थियो ।

सोही वापत् विभिन्न व्यक्ति तथा संस्थाहरुले खेलाडीको हौसल्ला स्वरुप पुरस्कारको घोषणा गरेका थिए । पश्चिम सुर्खेतको चौकुने गाउँपालिका–७, का वडाध्यक्ष धनीराम धमलाले पनि ५० हजार पुरस्कार दिने घोषणा गरे ।

धमलालले घोषणा गरेको उक्त रकम क्यानका सचिव पारस खड्का र कोषाध्यक्ष पदम खड्कालाई काठमाडौँ नै पुगेर हस्तान्तरण गरेका हुन् ।

तपाईको प्रतिक्रिया