बिहीबार सुन मूल्य उच्च बिन्दुमा

काठमाडौं । स्थानीय बजारमा बिहीबार सुनको मुल्य उच्च बिन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख २७ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार छापावाला सुन प्रतितोला एक लाख २६ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो। तेजाबी सुन प्रतितोला एक लाख २७ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार तेजाबी सुन प्रतितोला एक लाख २६ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य पनि बढेको छ। बुधबार प्रतितोला एक हजार चार सय ९० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आजका लागि एक हजार पाँच सय १० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

तपाईको प्रतिक्रिया