प्रजनन् क्षमता बढाउन सहयोग गर्ने खानेकुराहरु

काठमाडौं। गर्भधारणका लागि पुरुषको स्पर्म ९शुक्राणु०को गुणस्तर राम्रो हुनु र महिलाको डिम्ब गुणस्तरीय हुनु अति आवश्यक हुन्छ । पछिल्लो समय बढ्दो तौल, खराब खानपान, अत्याधिक तनाव र बढ्दो उमेरले गर्भधारण गर्न कठिनाइ हुन्छ ।

शरीरमा पोषक तत्त्वको कमीका कारण प्रजनन् क्षमतामा असर पर्छ । यस्तो अवस्थामा यो समस्याबाट बच्न र प्रजनन् क्षमता बढाउन केही विशेष खानेकुराहरुको सेवन गर्न आवश्यक हुन्छ ।

खजुर

खजुर धेरै पोषक तत्त्वले भरिपूर्ण हुन्छ । यो सबै उमेरका मानिसका लागि आवश्यक छ र धेरै स्वास्थ्य लाभहरू छन् । पुरुष र महिला दुवैका लागि प्रजनन् क्षमता बढाउन प्रभावकारी सावित हुनसक्छ । यसले शरीरलाई पर्याप्त ऊर्जा प्रदान गर्छ । यसको नियमित सेवनले महिलाको प्रजनन् क्षमतालाई बलियो बनाउँदै गर्भधारण गर्न सजिलो बनाउँछ ।

उखु

उखुलाई आयुर्वेदमा इक्षु भनिन्छ, यसमा कामोत्तेजक, शारीरिक शक्ति र शुक्राणुको गुणस्तर सुधार गर्ने गुण हुन्छ । यसले यौन शक्ति बढाउँछ, जसले गर्दा जोडीहरूले स्वस्थ र सुखद् यौन जीवनको आनन्द लिन सक्छन् ।

गाईको घिउ

आयुर्वेदका अनुसार गाईको घिउ एक पवित्र पदार्थ हो, जसले मानिसको शारीरिक, मानसिक र आध्यात्मिक स्वास्थ्यलाई फाइदा पुर्‍याउँछ । प्रजनन् क्षमता लागि गाईको घिउ वरदान साबित हुनसक्छ । यसले गर्भधारण गर्न धेरै सजिलो बनाउँछ ।

अनार

अनारले शुक्रकीटको गुणस्तर सुधार गर्छ । अनारले शुक्रकीटको गुणस्तर बढाउँछ र महिलाहरूको स्वस्थ हार्मोनल चक्रलाई सुधार्छ । महिलामा हार्मोन सन्तुलित रह्यो भने प्रजनन् क्षमता कायम राख्न सजिलो हुन्छ । पुरुषमा गर्भधारणको समयमा शुक्राणुको गुणस्तर धेरै महत्त्वपूर्ण हुन्छ ।

सिमी र दाल

सिमी र दाल फाइबर र फोलेटका उत्कृष्ट स्रोत हुन् । यी दुवैले स्वस्थ हार्मोनल सन्तुलन कायम राख्न सहयोग गर्छ ।

दालमा ‘पोलिमाइन स्पर्मिडिन’को स्तर उच्च हुन्छ, जसले शुक्राणु र अण्डाको गुणस्तरलाई राम्रो बनाउँछ । गर्छ । साथै दाल र सिमीमा प्रोटिन पनि उच्च हुन्छ, जसले स्वस्थ ओभिलियसनलाई बढाउन सहयोग गर्छ ।

माछा

ओमेगा–३ फ्याटी एसिड प्रजनन् स्वास्थ्यका लागि राम्रो हुन्छ, जुन माछामा प्रशस्त मात्रामा पाइन्छ । यो फ्याटी एसिडले रक्तसञ्चार सुधार गर्छ । स्वस्थ शुक्रकीटको विकासमा मद्दत गरेर प्रजनन् क्षमता बढाउँछ । यसबाहेक यसले महिलामा महिनावारी चक्रलाई पनि नियमित गर्छ ।

सूर्यमुखीको बीउ

सूर्यमुखीको बीउले महिला र पुरुष दुवैको प्रजनन् क्षमता बढाउन मद्दत गर्छ । सूर्यमुखीको बीउमा भिटामिन ई, फोलेट, सेलेनियम, ओमेगा(३ र ओमेगा(६ फ्याटी एसिड पाइन्छ, जसले प्रजनन् क्षमता बढाउन मद्दत गर्छ ।

दुग्धजन्य पदार्थ

दुग्धजन्य पदार्थको सेवनले शारीरिक शक्ति प्राप्त हुनुका साथै प्रजनन् क्षमता बढाउन पनि मद्दत गर्छ । यसमा धेरै प्रकारका पोषक तत्त्वहरू पाइन्छ जसले शरीरलाई ऊर्जा प्रदान गर्ने काम गर्छ ।

केरा

केरा खाँदा पनि प्रजनन् क्षमतामा सुधार हुन्छ । यसमा पोटासियम र भिटामिन बी(६ पर्याप्त मात्रामा पाइन्छ । प्रजनन् क्षमता बढाउने केरालाई दैनिक रूपमा सेवन गर्नुपर्छ ।

हरियो तरकारी

हरियो सागपातको सेवनले प्रजनन् अंगलाई स्वस्थ राख्छ । महिलाले आफ्नो प्रजनन् क्षमता बढाउन आफ्नो आहारमा हरियो सागसब्जी समावेश गर्नुपर्छ । यसमा भिटामिन बी र फोलेट प्रचुर मात्रामा पाइन्छ । जसले महिलाको प्रजनन् क्षमता बढाउन मद्दत गर्छ ।

तपाईको प्रतिक्रिया