
काठमाडौं। जाजरकोट भेरी नदीमा नुहाउने क्रममा बेपत्ता भएका गोविन्द थारुको खोजीका लागि गोताखोर परिचालन गरिएको छ ।
चैत्र १२ गते जाजरकोटको भेरी नगरपालिका–१३ स्थित भेरी नदीमा बेपत्ता भएका ३५ वर्षीय थारुको खोजीका लागि सशस्त्र प्रहरीको गोताखोर परिचालन गरिएको हो ।
डीएसपी शैलेन्द्र थापाका अनुसार बिहीबार बिहान सशस्त्र प्रहरीको महेश्वरी बाहिनी मुख्यालय सुर्खेतबाट ४ जना गोताखोरसहित ७ जनाको टोली परिचालन गरिएको छ । यसअघि बेपत्ता भएलगत्तै आश्रित गुल्म जाजरकोटबाट निरन्तर खोजी गरिए पनि थारु फेला परेका थिएनन् ।

नेपालीरैबार । २०८० चैत्र १५, बिहीबार