दैलेखमा चट्याङ लागेर एक बालिकाको मृत्यु

सुर्खेत । दैलेखको भैरवी गाउँपालिका ६ तोरीमूलमा चट्याङ लागेर १३ वर्षीया बालिका शर्मिला कँडेलकाे मृत्यु भएकाे छ।

जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार शनिबार परेको चट्याङले शर्मिला गम्भीर घाइने भएकी थिइन् । उनलाइ उपचारका लागी प्रदेश अस्पताल सुर्खेततर्फ लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको हो ।

तपाईको प्रतिक्रिया