युद्धका कारण इजरेलमा इन्धनको मूल्य बढ्यो

काठमाडौं। इजरेलले इन्धनको मूल्य ७.५१ शेकेलको तुलनामा ७.७२ शेकेल (करिब २.०९ अमेरिकी डलर) वृद्धि भएको घोषणा गरेको छ ।


इजरेली ऊर्जा मन्त्रालयले आइतबार एक वक्तव्य जारी गर्दै सोमबारदेखि लागू गरेको मूल्य वृद्धि एक महिनामा चौथो पटकको वृद्धि हो ।

सोमबारदेखि लागु हुने मूल्य वृद्धि गत वर्षको डिसेम्बरको भन्दा ११.२ प्रतिशतले वृद्धि भएको छ । मन्त्रालयका अनुसार हालको वृद्धि भूमध्यसागरीय देशहरूमा औसत ईन्धनको मूल्यलाई आधार बनाएर निर्धारित गरिएको हो ।

सन् २०२४ को बजेटमा उल्लेखित इन्धनको मूल्य निर्धारणको महत्वपूर्ण तत्व अन्तःशुल्क करका लागि अनुदान बन्द गर्ने सरकारको निर्णयबाट निरन्तर मूल्य वृद्धिको एउटा प्रमुख कारण हो । यसले जारी द्वन्द्वको बीचमा अन्य खर्चहरू घटाउँदै रक्षा खर्चलाई प्राथमिकता दिन्छ ।

‘येदिओथ अहरोनोथ’ दैनिक पत्रिकाका वरिष्ठ विश्लेषक गड लिओरले सिन्ह्वालाई बताएअनुसार इन्धनको मूल्य वृद्धिले गर्दा इजरेलमा विद्युत् र पानीको मूल्यमा पनि छिट्टै वृद्धि हुन सक्छ र मुद्रास्फीति दरमा देखिएको घट्दो प्रवृत्तिलाई उल्टाउन सक्छ ।

तपाईको प्रतिक्रिया