फिल्म ‘दान्भी’मा पूजाको गेटअप

काठमाडौं। आगामी जेठको १० गतेबाट सार्वजनिक प्रदर्शनमा आउन लागेको फिल्म हो ‘दान्भी’ । फिल्मको काठमाडौंमा अहिले गीत र एक्सनको दृश्यको छायाङ्कन भइरहेको निर्माण युनिटले जनाएको छ ।

फिल्मको सेटबाट नायिका पूजा शर्माका केही तस्बिरहरू सार्वजनिक गरिएको छ। जहाँ, पूजाको एक्सन अवतार देख्न सकिन्छ । तस्बिर फिल्मको पूजाको इन्ट्री दृश्य भएको निर्माण युनिटले जनाएको छ ।

रुपेश तामाङ निर्देशक रहेको यो फिल्ममा पूजाको अलवा कुन्साङ बोमजोम र किरण श्रेष्ठको पनि मुख्य भूमिका छ ।

एक्सनले भरिएको टिजर सार्वजनिक भएसँगै यो फिल्म चर्चामा छ । यसैले, यो फिल्मलाई दर्शकले अपेक्षा गरे अनुसार निर्माण गर्ने कसरतमा निर्माण पक्ष लागिरहेको छ । देव मगर र अनुप गडालको लगानी रहेको फिल्मका कार्यकारी निर्माता पवन राना मगर हुन् ।

तपाईको प्रतिक्रिया