मुख्यमन्त्री निवासमा यामलाल कँडेल

सुर्खेत । नेकपा एमाले संसदीय दलका नेता यामलाल कँडेल अहिले पुनः मुख्यमन्त्री निवासका पुगेका छन् । यस अघि उनी मङ्गलवार साँढे १ बजे मुख्यमन्त्री राजकुमार शर्माको निवासमा छलफलका लागि पुगेका हुन् ।

यसअघि मङ्गलवार बिहान पनि उनी मुख्यमन्त्रीसँग छलफलका लागि पुगेका थिए ।

कँडेलसँग छोटो छलफलपछि माओवादी केन्द्रका नेताहरू आन्तरिक छलफलमा जुटेका थिए । त्यसयता पूर्व मुख्यमन्त्री तथा माओवादी केन्द्रका नेता महेन्द्र बहादुर शाही, माओवादी प्रदेश इन्चार्ज कालीबहादुर मल्ल, मुख्यमन्त्री शर्माबिच छलफल भइरहेको छ। छलफल चलिरहँदा फेरि कँडेल पनि पुगेका छन् ।

सत्ता गठबन्धनभित्र कर्णालीको नेतृत्व एमालेलाई दिने गरी सहमति भए पनि माओवादी तर्र्फको असन्तुष्टिले कार्यान्वयन ल्याउन समस्या भएको छ ।

तपाईको प्रतिक्रिया