मुख्यमन्त्री निवासमा दुई दलबिचको बैठक जारी

सुर्खेत। कर्णालीमा एमाले र माओवादीको संयुक्त बैठक मुख्यमन्त्री राजकुमार शर्माको निवासमा शिर्ष नेताहरूविच भइरहेको छ । । कर्णालीको नेतृत्व एमालेलाई दिने केन्द्रमा सहमति भएपछि देखिएको विवाद समाधान गर्न दुवै पक्षका नेताविच छलफल भईरहेको हो ।

 

उक्त छलफलमा माओवादीका कर्णाली इन्चार्ज कालिबहादुर मल्ल, एमाले इन्चार्ज लेखराज भट्ट, माओवादीका प्रभावशाली नेता महेन्द्रबहादुर शाही, मुख्यमन्त्री राजकुमार शर्मा, एमाले संसदीय दलका नेता यामलाल कँडेल सहभागी रहेका छन् ।

नेकपा एमाले कर्णाली प्रदेश सभा संसदीय दलले नेकपा माओवादी केन्द्रको निर्णय कुरिरहेको बेला दुवै दलका नेताहरूबिच मुख्यमन्त्री निवासमा छलफल भईरहेपनि ठोस निर्णय हुन नसकेको स्रोतले जनाएको छ ।

केन्द्रबाट नेतृत्व एमालेलाई दिन निर्देशन दिएपनि मुख्यमन्त्री राजकुमार शर्माले जसरी पनि विश्वासको मत लिने अडान कायमै राखेका छन्।

तपाईको प्रतिक्रिया