
काठमाडौं। नेकपा माओवादी केन्द्रका नेता कालीबहादुर खाम काठमाडौंबाट पक्राउ परेका छन्।
तत्कालीन माओवादी जनयुद्धका कमाण्डर खामलाई काठमाडौंको ठमेलबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
हाल माओवादी केन्द्रका केन्द्रीय सदस्य रहेका खाममाथि कोटेश्वरका व्यवसायी रामहरि श्रेष्ठको अपहरणपछि हत्या गरेको आरोप छ। खामलाई रामहरि हत्या प्रकरणका प्रमुख योजनाकार मानिन्छ ।
उनी लामो समयदेखि श्रेष्ठको हत्या कसूरमा फरार रहँदै आएका थिए । सो प्रकरणमा यसअघि पक्राउ परेका लडाकु कमाण्डर गोविन्दबहादुर बटाला पछि रिहा भएका थिए ।

नेपालीरैबार । २०८० चैत्र २०, मंगलवार