फिलिपिन्समा अत्यधिक गर्मीका कारण विद्यालय बन्द

काठमाडौं।अत्यधिक गर्मीका कारण फिलिपिन्सको राजधानी मनिलाका दर्जनौं विद्यालयमा मङ्गलबारबाट पठनपाठन बन्द गरिएको छ ।

महानगरमा मङ्गलबार ४२ डिग्री सेल्सियस र बुधबार ४३ डिग्री सेल्सियसको स्तर पुग्ने अपेक्षा गरिएको राज्यको मौसम पूर्वानुमान कार्यालयले जनाएको छ। मङ्गलबार मनिलाको उच्चतम तापमान ४३ डिग्री सेल्सियस रहने अनुमान गरिएको थियो ।

स्थानीय अधिकारीहरूले सहरको सबैभन्दा बढी जनसङ्ख्या भएको क्विजोनका प्राथमिक र माध्यमिक विद्यालयहरूलाई बन्द गर्न आदेश दिएको र अन्य क्षेत्रका विद्यालयलाई दूर शिक्षामा सार्ने विकल्प दिएको बताएका छन् ।

केही विद्यालयले दिनको सबैभन्दा तातोबाट बच्न कक्षाको समय छोटो पारेका थिए ।

मौसम पूर्वानुमान विभागले ४२–५१ डिग्री सेल्सियस तापक्रमले फिलिपिनीहरूमा शरीरमा मांसपेशीहरु दुख्ने समस्या हुने र यो समस्या ४२–५१ डिग्री सेल्सियसको तापक्रमबाट सुरू हुने जनाएको छ ।

तपाईको प्रतिक्रिया