फेरी बढ्यो सुनको मुल्य

काठमाडौं । स्थानीय बजारमा सुनको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार बुधबार सुनको मुल्य १ लाख ३३ हजार रुपैयाँ मा कारोबार भएको छ। यो मूल्य अहिलेसम्मकै उच्च हो।

मंगलबार सामान्य घटेको सुनको मूल्यले बुधबार नयाँ उचाइ कायम गरेको हो। नेपाली बजारमा मंगलबार सुन प्रतितोला १ लाख ३१ हजार २ सयमा कारोबार भएको थियो। आजको मूल्य अघिल्लो दिनको तुलनामा १ हजार ८ सय रुपैयाँ बढी हो।

यसअघि आइतबार सुनको मूल्यले १ लाख ३० हजारको उच्चतम रेकर्ड बनाएको थियो भने सोमबार फेरि १ लाख ३१ हजार ६ सय रुपैयाँ पुगेको थियो। मंगलबार ४ सयले घटेर १ लाख ३१ हजार २ सयमा झरे पनि बुधबार फेरि १८ सयले बढेर नयाँ रेकर्ड बनाएको हो।

तपाईको प्रतिक्रिया