आयरल्यान्ड ‘ए’ सँग नेपाल ‘ए’ को पराजित

काठमाडौं। आयरल्यान्ड ‘ए’ विरुद्ध एकदिवसीय सिरिजको पहिलो खेलमा नेपाल ‘ए’ ले लज्जास्पद हार खेपेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानम बुधबार भएको खेलमा नेपाल ‘ए’ आयरल्यान्ड ‘ए’ सँग २१ रनले पराजित भयो ।

तीनसँगै तीन खेलको सिरिजमा आयरल्यान्ड ‘ए’ ले १–० को अग्रता लिएको छ । जितका लागि एक सय ५८ रनको मध्यम लक्ष्य पछ्याएको नेपाल ‘ए’ २५.३ ओभरमा सबै विकेटको क्षतिमा एक सय ३६ रनमा समेटिएको थियो ।

नेपालका लागि साहब आलमले ३७ रन बनाए। यस्तै देव खनालले २६, बसिर अहमदले २०, रिजन ढकालले १२ रन बनाए। बलिङमा आयरल्यान्डका म्याथ्यु हुमप्रेजले पाँच विकेट लिए । लियम म्याकार्थीले चार विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको आयरल्यान्ड ‘ए’ ले ३८.३ ओभरमा सबै विकेटको क्षतिमा एक सय ५७ रन बनाएको थियो । आयरल्यान्ड ‘ए’का लागि केड कार्माइकलले अर्धशतकीय पारी खेले । उनले ७७ बलमा चार चौकाको सहयोगमा ५१ रन बनाए ।

यस्तै कप्तान निल रकले ३२ बल खेल्ने क्रममा तीन छक्का र दुई चौकको सहयोगमा ३९ रन बनाए । पिटर मुरले २१ ओपनरद्वय जेम्स मकलम र स्टेफल डोहनीले १२र१२ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

बलिङमा नेपाल ‘ए’ का कमल ऐरीले ह्याट्रिकसहित चार विकेट लिए । यस्तै साहब आलम र मौसम ढकालले दुई दुई विकेट लिए । साथै रिजन ढकालले एक विकेट झारे ।

तपाईको प्रतिक्रिया