कर्णाली प्रदेशसभाको बैठक सुरु

सुर्खेत। कर्णाली प्रदेशसभाको बैठक सुरु भएको छ । वीरेन्द्रनगरस्थित प्रदेशसभा भवनमा सुरु बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री राजकुमार शर्माले राजीनामा दिने तयारी गरेका छन् ।

मुख्यमन्त्रीले प्रदेशसभाबाट विश्वासको मत लिने प्रयोजनका लागि बैठक आह्वान गरिएको थियो । तर सत्ता गठबन्धनमा भएको राजनीतिक सहमतिअनुसार मुख्यमन्त्रीले राजीनामा दिन लागेका हुन् ।

कर्णाली प्रदेशमा मुख्यमन्त्री एमालेले पाउने सहमति सत्ता गठबन्धनमा छ । केन्द्रमा भएको उक्त सहमति माओवादी केन्द्रबाट मुख्यमन्त्री रहेका शर्मालगायतले कार्यान्वयन गर्न आनाकानी गरेकोमा लामो छलफलपछि उनी राजीनामा दिन तयार भएका हुन् । उनले राजीनामा दिएपछि एमाले संसदीय दलका नेता यामलाल कँडेलको नेतृत्वको नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ ।

तपाईको प्रतिक्रिया