कर्णालीका पुर्वमुख्यमन्त्री जीवनबहादुर शाहीकाे सांसद पद स्वतः निलम्बनमा

सुर्खेत। नेपाली कांग्रेस कर्णाली प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाहीको सांसद पद स्वतः निलम्बनमा परेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा विशेष अदालतमा दर्ता गरेपछि शाहीको सांसद पद निलम्बनमा परेको हो ।

भ्रष्टचार निवारण ऐन, २०५८ अख्तियार दुरुपयोग अनुसन्धान आयोग, २०४८ मा भएको व्यवस्था अनुसार सार्वजनिक पदमा भएको व्यक्तिविरुद्ध मुद्दा दर्ता भएमा स्वतः निलम्बन पर्ने व्यवस्था रहेको छ ।

दुई वटा वाइडवडी विमान खरिदमा भ्रष्टचार गरेको भन्दै अख्तियारले पूर्व पर्यटन मन्त्रीसमेत रहेका शाहीसहित ३२ जनालाई मुद्दा दर्ता गरेको छ । अख्तियारले वाइडवडी खरिदमा १ अर्ब ४७ करोड रुपैयाँ भ्रष्टचार भएको दाबी गरेको छ ।

याे पनि

भ्रष्टाचार गरेको आरोपमा पूर्वपर्यटनमन्त्री जीवनबहादुर शाही सहित ३२ जनालाई मुद्दा दायर

तपाईको प्रतिक्रिया