गर्मी मौसममा अण्डा कति खाँदा शरीरलाई फाइदा हुन्छ ?

काठमाडौं। अण्डा सबैभन्दा धेरै पौष्टिक आहार मध्ये एक हो । त्यसैले दिनहुँ एउटा अण्डा खाने सल्लाह दिइन्छ । अण्डामा प्रचुर मात्रामा प्रोटीन पाइन्छ ।अण्डामा भिटामिन बी १२, भिटामिन डी र एन्टि–अक्सिडेन्ट हुन्छ, जसले शरीरलाई स्वास्थ बनाउँछ र रोगबाट बचाउन सहयोग गर्छ ।

तर धेरै मात्रामा अण्डा सेवन गर्नाले शरीरका लागि नोक्सानदायक पनि हुन सक्छ । वास्तवमा अण्डाका पहेलो भाग शरीरमा कोलेस्टल बढाउँछ ।यसबाहेक धेरै अण्डा खानाले पेटको समस्या उत्पन्न हुन सक्छ । त्यसो भए दिनमा कति वटा अण्डा खानु शरीरका लागि फाइदाजनक हुन्छ त रु

एक दिनमा धेरै अण्डा खानाले शरीरमा ब्याड कोलेस्ट्रलको स्तर बढ्छ, जून स्वास्थका लागि हानिकारक छ । अण्डाको पहेंलो भागमा करिव २०० मिलीग्राम कोलेस्ट्रल हुन्छ र हाम्रो शरीरलाई दिनमा केवल ३०० मिली ग्राम कोलेस्ट्रलको आवश्यकता पर्छ । तर भर्खरै गरिएको एउटा सोधमा शरीरमा ब्याड कोलेस्ट्रोलमाथि गुड कोलेस्ट्रोलको अत्यन्त कम प्रभाव पर्छ भन्ने पत्ता लागेको छ ।

एक दिनमा कति वटा अण्डा खानु पर्छ भन्ने कुराको बारेमा अहिलेसम्म केहि पुष्टि भने हुन सकेको छैन । हरेक व्यक्ति एक–अर्कासंग अलग हुन्छन् । त्यसैले एक दिनमा कति वटा अण्डा खानु फाइदाजनक हुन्छ भन्ने कुरा हरेक व्यक्तिको शरीरमा निर्भर गर्छ ।

यदि तपाईंलाई कुनै प्रकारको स्वास्थ समस्या छैन भने एक दिनमा तीन वटा अण्डा खान सक्नु हुन्छ । तर, अण्डामा पोषक तत्व छ र यो शरीरका लागि फाइदाजनक छ भन्दैमा हामीले आवश्यक भन्दा धेरै सेवन गर्नु हुँदैन । धेरै मात्रामा अण्डाको सेवन स्वास्थका लागि हानिकारक हुन्छ ।

गर्मियाममा आवश्यकता भन्दा धेरै अण्डा खानाले शरीरमा धेरै मात्रामा गर्मी उत्पन्न हुन्छ । त्यसले कब्जियतको समस्या र अन्य पेटसंग सम्बन्धित समस्या हुन सक्छ । बढी मात्रामा अण्डाको सेवन गर्नाले बालबालिकालाई पखाला लाग्ने समस्या हुन सक्छ ।

तपाईको प्रतिक्रिया