आइतबार सुनको मूल्य २९ सयले बढ्यो

काठमाडौं। आइतबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३५ हजार रुपैयाँ तोकिएको छ। शुक्रबार प्रतितोला १ लाख ३२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

तेजाबी सुन प्रतितोला १ लाख ३२ हजार ५० रुपैयाँमा कारोबार गर्ने गरी मूल्य निर्धारण गरिएको छ। शुक्रबार तेजाबी सुन प्रतितोला एक लाख ३४ हजार ९५० मा कारोबार भएको थियो।

आज चाँदीको मूल्य पनि बढेको छ। शुक्रबार प्रतितोला एक हजार ६ सय १५ मा कारोबार भएको चाँदीको मूल्य आजका लागि एक हजार ६ सय ७० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

तपाईको प्रतिक्रिया