काठमाडौं।अनलाइन माध्यममा अध्ययन गरिरहेका विद्यार्थीका अभिभावकले आफ्नै मोबाइलबाट छोराछोरीको प्रगति हेर्न मिल्ने एप सार्वजनिक भएको छ । ईलर्निङ प्लेटफर्म एम्बिसन गुरु नेपाल प्रालिले ल्याएको आफ्नो प्लेटफर्ममा जोडिएका विद्यार्थीको पढाइ प्रगति हेर्न मिल्ने गरी यस्तो एप ल्याएको हो ।
कम्पनीका अनुसार यो एपबाट अभिभावकले एम्बिसन गुरुमा अध्ययनरत आफ्ना छोराछोरी वा भाइबहिनीले एपमा कति समय बसेर पढिरहेका छन्, उनीहरूको पढाइमा कति प्रगति भइरहेको छ भनेर थाहा पाउने सकिनेछ । त्यस्तै यो एपबाट विद्यार्थीले कति ओटा लाइभ क्लास लिए, कति ओटा छुटाए, कुनकुन परीक्षामा सहभागी भए, नबुझेका कुरा शिक्षकलाई प्रश्न गरिरहेका छन् कि छैनन् जस्ता कुरा थाहा पाउन सकिनेछ ।
परीक्षामा विद्यार्थीले कुन विषयमा कति अंक ल्याएका छन् र त्यसमा गुरुले दिएको सल्लाह पनि मोबाइलबाट नै हेर्न पाइने कम्पनीको भनाइ छ ।
कुनकुन विषयमा अझ मेहनत गर्नुपर्ने छ, जस्ता कुरा अत्याधुनिक एआई प्रविधिले गाइड गर्नेछ, कम्पनीको विज्ञप्तिमा भनिएको छ, यस्तै प्रत्यक्ष गुरुसँग पनि तपाइले परामर्श लिन सक्नुहुनेछ । आफ्नो जिम्मेवारी बहन गर्ने सिलसिलमा छोराछोरीबाट टाढा बस्नुपर्ने ब्याध्यात्कम अवस्थामा रहनुभएका अभिभावका लागि यो एप वरदान सावित हुने हाम्रो विश्वास छ ।
नेपालीरैबार । २०८० चैत्र २६, सोमबार