शुक्रबार एक सयले बढ्यो सुनको मुल्य

काठमाडौं। स्थानीय बजारमा शुक्रबार पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला एक सयले बढेको छ ।

सोमबार प्रतितोला एक लाख ३६ हजार दुई सयमा कारोबार भएको छापावाल सुन आजका भने एक लाख ३६ हजार तीन सय मा कारोबार भएरहेको छ ।

सोमबार तेजावी सुन प्रतितोला एक लाख ३५ हजार पाँच सय ५० मा कारोबार भएकोमा आज भने एक लाख ३५ हजार छ सय ५० मा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्यमा भने स्थिर रहेको छ । चाँदीको मूल्य तोलामा एक हजार सय ८५ मा कारेबार भइरहेको महासंघले जनाएको छ ।

तपाईको प्रतिक्रिया