भारतको नैनीतालमा घुम्न गएका ७ नेपालीको मृत्यु

काठमाडौं। भारतको उत्तराखन्ड राज्यको नैनीताल जिल्लामा घुम्न गएका भनिएका ७ नेपालीको मंगलबार सवारी दुर्घटनामा मृत्यु भएको छ । नेपालीहरू सवार गाडी नदीमा खसेको समाचार टाइम्स अफ इन्डियाको अनलाइन संस्करणले छापेको छ । दुर्घटनास्थल बेताघाट नजिक भएको बताइएको छ ।

गाडी अनियन्त्रित भई सडकबाट १५० फिट तल खसेको थियो । यस घटनामा ७ नेपालीबाहेक भारतीय नागरिकको पनि मृत्यु भएको छ । गाडीमा सवार अरू २ नेपाली घाइते भएका छन् । उनीहरूलाई तत्कालै अस्पताल लगिएको समाचारमा उल्लेख छ । घटनाबारे जानकारी पाएपछि राज्यस्तरीय विपद् प्रतिक्रिया समूह (एसडीएफआर) तत्कालै घटनास्थलमा पुगेको थियो ।

मृतक सबै जना कञ्चनपुरको महेन्द्रनगरका बासिन्दा भएको बताइएको छ । दुघर्टना भएको समयमा उनीहरू नेपाल फर्कन लागेको बताइएको छ । मृत्यु हुने भारतीय नागरिक चालक भने बेतालघाटकै स्थानीय बासिन्दा राजेन्द्र कुमार भएको जनाइएको छ । यस घटनापछि

मृत्यु हुनेमा सबै भारतमै काम गर्ने कामदार भएको उल्लेख गरेको छ । मर्नेहरू ५० वर्षको विश राम, ४५ वर्षको धीरज, ४० वर्षका अनन्त राम चौधरी, ३८ वर्षका विनोद चौधरी, ५५ वर्षको उदय राम चौधरी, ४५ वर्षका तिलक राम चौधरी र ६० वर्षका गोपाल भएको समाचारमा उल्लेख छ । घाइतेहरूको नाम शान्ति चौधरी र छोटु चौधरी रहेको बताइएको छ । यसबारे नेपाली पक्षबाट कुनै जानकारी प्राप्त भइसकेको छैन ।

तपाईको प्रतिक्रिया