गर्मीमा मौसममा शरीरलाई फुर्तिलो बनाउने खानेकुराहरु

काठमाडौं। गर्मी मौसम सुरु भए सँगै खानपानका कारण हाम्रो शरीरमा समस्या आउन थाल्छ । यसका कारण हाम्रो शरीर थकित र निर्जीव महसुस हुन्छ । यस्तो अवस्थामा चिसो रहन हामी एसी वा चिसो पेय पदार्थको सहारा लिन्छौँ ।

हाम्रो शरीरलाई भित्रैबाट चिसो राख्न मद्दत गर्ने केही खानेकुरा पनि छन् । गर्मीमा आफ्नो आहारमा केही परिवर्तन गरेर हामी आफूलाई सधैँ फुर्तिलो राख्न सक्छौँ । आज हामी गर्मी मौसममा आफ्नो शरीरलाई फुर्तिलो बनाउने खानेकुराहरुको बारेमा अध्ययन गर्नेछौँ ।

काँक्रो
काँक्रो पानीले भरपूर हुन्छ । यसमा करिब ९६ प्रतिशत पानी हुन्छ । यसले शरीरलाई हाइड्रेटेड राख्न मद्दत गर्छ । काँक्रोमा पाइने एन्टिअक्सिडेन्टले शरीरलाई सुन्निनबाट बचाउँछ । काँक्रोलाई यत्तिकै पनि खान सकिन्छ । यसलाई सलादको रूपमा प्रयोग गर्न सकिन्छ । अचार खाँदा पनि हुन्छ ।

खरबुजा 
खरबुजा, तरबुजा यस्तै खालका खानेकुरामा प्रशस्त मात्रामा पानी हुन्छ । गर्मीमा शरीरलाई ताजा राख्न यो उत्कृष्ट उपाय हो । यी फलफूलमा पाइने प्राकृतिक चिनीले शरीरलाई ऊर्जा दिन्छ । खरबुजालाई काटेर सिधै खान पनि सकिन्छ । यसलाई जुस बनाएर पिउँदा पनि हुन्छ । यसबाहेक तरबुजाको तरकारी बनाएर पनि खान सकिन्छ । यो स्वास्थ्यका लागि फाइदाजनक हुन्छ ।

पत्तेदार तरकारी

पालुङ्गो, लेटिस, तोरी आदिको साग गर्मीमा निकै फाइदाजनक हुन्छ । यी सागसब्जीमा क्याल्सियम र पोषक तत्त्व भरपुर मात्रामा मात्र पाइन्छ नै । यिनीहरूले शरीरलाई चिसो राख्न पनि मद्दत गर्छ । यिनीहरूलाई पकाएर खन सकिन्छ । सलादमा प्रयोग गर्न सकिन्छ ।

मोही

मोहीले पाचन प्रक्रियालाई स्वस्थ त राख्छ नै गर्मीमा शरीरलाई शीतल राख्न पनि निकै उपयोगी हुन्छ । यसमा पाइने ल्याक्टिक एसिडले शरीरलाई हाइड्रेटेड राख्न मद्दत गर्छ । तपाईँलाई मन पर्छ भने मोहीमा अलिकति पुदिना, जिरा र कालो नुन थपेर पनि खान सक्नु हुन्छ ।

पुदीना

पुदिना शीतल जडीबुटी हो । गर्मीमा यसको सेवन निकै फाइदाजनक मानिन्छ । पानी वा दही पुदिना राखेर खान सकिन्छ । पुदिनाको चटनी बनाएर पनि खान सकिन्छ।

तपाईको प्रतिक्रिया