राष्ट्रिय सभा उपाध्यक्षमा सांसद बिमला घिमिरे

काठमाडौं। राष्ट्रिय सभा उपाध्यक्ष सांसद बिमला घिमिरे भएकी छन् । नेकपा एमालेकी सांसद बिमला घिमिरे राष्ट्रिय सभाकी उपाध्यक्ष बन्न सफल भएकी छिन् । निर्वाचनमा नेपाली कांग्रेसकी विष्णुदेवी पुडासैनीलाई पराजित गर्दै बिमला विजयी भएकी हुन् ।

५५ जना उपस्थित भएकामा घिमिरेको पक्षमा ३९ तथा विपक्षमा १६ मत परेको छ । त्यस्तै पुडासैनीको पक्षमा १६ तथा विपक्षमा ३९ मत परेको छ ।

सभाकी उपाध्यक्ष एवं माओवादी केन्द्रकी सांसद उर्मिला अर्यालले भागबण्डाका कारण राजीनामा दिनु परेपछि रिक्त पदमा बुधबार चुनाव भएको हो ।

राष्ट्रिय सभा अर्को बैठक भने शुक्रबार बस्ने भएको छ ।

तपाईको प्रतिक्रिया