नवनियुक्त मुख्यमन्त्री कँडेलद्वारा पदभार ग्रहण

सुर्खेत। कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री यामलाल कँडेलले पदभार ग्रहण गरेका छन् । कँडेललाई प्रदेश प्रमुख परियारले संविधानको धारा १६८ को उपधारा २ बमोजिम बुधबार पद तथा गोपनीयताको शपथ गराएपछी उनले पदभार ग्रहण गरेका हुन् ।

पदभार ग्रहण गर्दे उनले सरकार गठनको विषयमा छलफल भइरहेको बताएका छन् । ‘सरसल्लाहमा केही समय लाग्ने हुँदा ढिलाई भएको हो,उनले बताएका छन् ।

नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीको समर्थनमा कँडेललाई मंगलबार प्रदेश प्रमुख तिलक परियारले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

तपाईको प्रतिक्रिया