बिहीबार घट्यो सुनको मुल्य

काठमाडौं। नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन तोलामा २०० ले घटेको हो । १ लाख ३६ हजार ६०० कायम भएको छ ।

बिहीबार छापावाला सुन तोलामा १ लाख ३६ हजार ६०० रुपैयाँमा कायम भएको छ । तेजावी सुनको मूल्य तोलाको १ लाख ३५ हजार ९५० रुपैयाँ निर्धारण भएको छ ।

बुधबार छापावाल सुन प्रतितोला १ लाख ३६ हजार ८०० रुपैयाँ किनबेच भएको थियो भने तेजावी सुनको मूल्य तोलाको १ लाख ३६ हजार १५० रुपैयाँ निर्धारण भएको थियो ।

आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदीको मूल्य प्रतितोला १७ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

तपाईको प्रतिक्रिया