आज ईद इस्लाम धर्मावलम्बीहरुले मनाउँदै

काठमाडौं। देशैभर रहेका इस्लाम धर्मावलम्बीले बिहीबार इद पर्व मनाउँदै छन् । एक महिना लामो रमादान पर्व ९रोजा० पूरा भएको खुसीयालीमा इस्लाम समुदायले आज इद उल फित्र मनाउँदै छन् ।

चन्द्रमाको गतिका आधारमा तय गरिने ईद पर्व रमदान सकिएपछि सुरु हुने शुक्लपक्षमा पहिलोपटक चन्द्रमा देखिएपछि त्यसको भोलिपल्ट मनाउने परम्परा छ ।

इद उल फित्रका अवसरमा आज मुस्लिम धर्मावलम्बी आफू पवित्र भई सफा मस्जिद ९इदगाह० मा गएर नमाज पढ्ने, एक आपसमा खुसीयाली साट्दै शुभकामना आदानप्रदान गर्ने प्रचलन छ । अरबी पात्रोअनुसार नवौँ महिनाको अन्तिम दिन चन्द्रमा देखिएपछि इद उल फित्र मनाउने कार्यक्रम तय हुने गरेको छ ।

इद उल फित्रमा दीनदुःखी एवं गरिबलाई दान दिने, आज नमाज पाठ गरेपछि तीन दिनसम्म आफूभन्दा ठुलाबडासँग आशीर्वाद लिने दिने एवं आशीर्वाद लिन आउने आफन्तलाई सेवई, खजुरलगायत मीठा खानेकुरा खुवाउने चलन रहेको छ ।

आज काठमाडौंको जामे मस्जिद एवं देशका विभिन्न स्थानमा रहेका इदगाहमा धार्मिक ग्रन्थ कुरान पाठ गर्ने प्रचलन छ । इद उल फित्रका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरेलगायतले इस्लाम समुदायमा शुख, शान्ति,प्रगती र संमृद्धिको कामना गर्दै धर्मावलम्बीलाई शुभकामना व्यक्त गरेका छन् ।

ईद पर्वका अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ ।

तपाईको प्रतिक्रिया