प्रहरी, सवारी चालक र यात्रुलाई मिठाई बाँडेर गृहमन्त्री लामिछानेको नयाँ वर्ष सुरुवात

काठमाडौँ । उपप्रधान एवं गृहमन्त्रीको नयाँ वर्षको सुरुवात सडकबाट गरेका छन् । उनले काठमाडौंको थापाथली चोकमा चालक र यात्रुलाई मिठाई बाँडेर नयाँ वर्षको सुरुवात गरेका हुन् । उनले नयाँ वर्षको शुभकामनासहित सुरक्षित यात्राको कामना गरे ।

गृहमन्त्री लामिछानेले ड्युटीमा रहेका प्रहरीलाई मिठाई दिएर नागरिकलाई सभ्य व्यवहार गरेर काम गर्न आग्रह गरे । गृहमन्त्री लामिछानेसँग उनीसँगै नेपाल प्रहरीका आईजीपी बसन्त कुँवर, काठमाडौं प्रहरी परिसरका प्रमुख भुपेन्द्र खत्रीलगायत उच्च अधिकृतहरु उपस्थित थिए ।

तपाईको प्रतिक्रिया