सोमबार ७ सयले बढ्यो सुनको मूल्य

काठमाडौं। नेपाली बजारमा सुनको मूल्य बढेको छ । सोमबार सुनको मूल्य प्रतितोला सात सय रुपियाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबारको तुलनामा सोमबार छापावाला सुन प्रतितोला सात सय रुपियाँले वृद्धि भई एक लाख ३७ हजार पाँच सय रुपियाँ निर्धारण भएको छ ।

शुक्रबारको तुलनामा आइतबार दुई हजार दुई सय रुपियाँले ओरालो लागेको छापवाला सुन आज भने पुनः उकालो लागेको हो । तेजाबी सुन आज प्रतितोला एक लाख ३६ हजार आठ सय ५० रुपियाँमा कारोबार भएको छ ।

चाँदीको मूल्य प्रतितोला १५ ले वृद्धि भएको छ । आइतबार प्रतितोला एक हजार सात सय रुपियाँमा कारोबार भएको चाँदीको मूल्य आज एक हजार सात सय १५ रुपियाँमा कारोबार भएको छ ।

तपाईको प्रतिक्रिया