मंगलबार १७ सयले बढ्यो सुनको मूल्य

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । छापावाल सुन प्रतितोला एक हजार ७०० रुपैयाँ बढेर कारोबार भइरहेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३९ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । यो हालसम्मकै उच्च मूल्य हो ।

तेजाबी सुन प्रतितोला एक लाख ३८ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

चाँदी प्रतितोला एक हजार ७५० रुपैयाँमा कारोबार भएको छ । सोमबारको तुलनामा चाँदी ३५ रुपैयाँ बढेर कारोबार भएको हो । सोमबार चाँदी प्रतितोला एक हजार ७१५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

तपाईको प्रतिक्रिया