रुकुम पश्चिम जाँदै गरेको बस सल्यानमा दुर्घटना हुँदा १४ जना घाइते

सुर्खेत। सल्यानमा रुकुम पश्चिम जाँदै गरेको बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । बागचौर नगरपालिका–२, ठिनबाङ खोलाको पुलबाट बस पल्टिएर सडकभन्दा तल खसेको हो ।

रा १ ख २०८५ नम्बरको यात्रुबाहक बस दाङको घोराहीबाट रुकुम पश्चिम जाँदै गर्दा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार दुर्घटनामा चालकसहित १४ जना घाइते भएका छन् । अहिले घाइतेहरुको उपचारका लागि स्थानीय मेडिकलमा पठाइएको छ । घटनास्थलमा उद्धार कार्य भइरहेको छ ।

बस चालक दाङ तुलसीपुर उपमहानगरपालिका ३८ वर्षीय पूर्ण राना रहेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया