एलिना चौहानले प्रेमी विष्णु सँग कसिन् लगनगाँठो

काठमाडौं। गायिका एलिना चौहानले प्रेमी विष्नु सापकोटा सँग लगनगाँठो कसेकी छन् । उनले बुधबार बागलुङ निवासी प्रेमी विष्णु सापकोटासँग परम्परागत विधिबाट लगनगाँठो कसेकी हुन् ।

 


एलिना र विष्णुको विवाह समारोह झापाको बिर्तामोडस्थित बिर्ता पार्टी प्यालेसमा भएको हो । विवाह समारोहमा दुबै तर्फका साथीभाइ र आफन्तहरुको सहभागीता रहेको थियो ।

विष्णु एलिनालाई लिन बागलुङबाट जन्तीसहित मंगलबार नै झापा पुगेका थिए । एलिना र विष्णुले केही वर्षको प्रेम विवाहमा परिणत गरेका हुन् । विष्णु केही समयदेखि अस्ट्रेलिया बस्दै आएका छन् ।

तपाईको प्रतिक्रिया