हुम्लामा अबरुद्ध भएको हवाई सेवा सुचारु

सुर्खेत। हुम्लामा अबरुद्ध भएको छ दिनपछि हवाई सेवा सुचारु भएको छ। काठमाडौंमा रहेको सीता एयरको जहाज नेपालगज आई पुगेपछि हुम्ला लगायत कर्णालीका हिमाली जिल्ला हवाई सेवा सुचारु भएको हो।

सिमकोट विमानस्थलका प्रमुख महेन्द्रबहादुर सिंहका अनुसार छ दिनपछि हवाई सेवा सुचारु भएको छ । गत शुक्रबार सीता एयरको जहाजले उडान भरेपछि कुनै उडान हुन सकेको थिएन। काठमाडौंबाट आएको सीता एयरको जहाजले बिहीबार दुई वटा उडान भरेको छ।

उडान भएसँगै बिरामी र अन्य यात्रुहरु सहजै आवत जावत गरेका छन् । सिता एयरको जहाज आजै काठमाडौं फिर्ता जाने भएको छ। सिमकोट विमानस्थल प्रमुख सिंहले यसअघि उडान हुन नसक्नुमा नेपाल एयरलाइन्स र समिट आएको जहाजलाई प्राविधिक समस्या आउन र अन्य निजी एयरका जहाज काठमाडौं फर्केको कारण हुम्ला लगायत कर्णालीका हिमाली जिल्लामा उडान हुन सकेको थिएन।

हाल तारा, सीता र समिट एयरको जहाज हप्ताको एक दिन एउटा उडान भर्ने र फर्कने गर्दै आएका छन्।

तपाईको प्रतिक्रिया