२२ बर्षीया भीमाको मृत्यूबारे संसदमा उठ्यो कुरा, सत्यतथ्य छानबिन गर्न माग

सुर्खेत । चैत्र २९ गते कर्णाली प्रदेश अस्पतालमा मृत्यू भएकी दैलेख आठबिस नगरपालिका–५, पिपलकोटकी २२ बर्षीया भीमा गुरुङको विषय संसदमा प्रवेश गरेको छ । मृत्यू भएको लामो समय भइसक्दा पनि परिवारले शव नुबझेको भन्दै सत्तारुढ दल नेकपा माओवादी केन्द्रका सांसद रणसिं परियारले शुक्रबारको संसदमा कुरा उठाएका हुन् ।

‘हिँडेर अस्पताल पुगेकी युवतीको एक्कासि मृत्यू घोषणा गरिएको भन्ने कुरा बाहिर आएको छ,’उनले भने, ‘खास भएको के हो ? यो घटनाले समर्ग कर्णाली प्रदेश, जनताहरुलाई प्रभाव पार्ने गरेर घटना आएको छ । अहिले पनि शव अस्पतालबाट शव उठाउन परिवारले उठाउन मानिरहेका छैनन।’

यसलाई लामो समयसम्म राख्नुले अस्पताल र प्रदेश सरकारमाथि प्रश्न उठ्ने उनले बताए । त्यसो हुँदा सत्यतथ्य छानबिन गरेर छिटो भन्दा छिटो उचि व्यवस्थापन गर्न उनले सरकारलाई आग्रह समेत गरे । भीमाका आफन्तहरुले डाक्टरहरुकै लापरबाहीकै कारण मृत्यू भएको भन्दै विभिन्न मागहरु राख्दै शव बुझ्न मानिरहेका छैनन ।

कांग्रेस सांसद घनश्याम भण्डारीले पनि उक्त घटनाको विषयमा कुरा राखेका थिए । ‘प्रदेश अस्पताललाई गौरवको रुपमा मानिएपनि त्यहाँ मृत्यूका घटनाहरु भएका छन्,’उनले भने, ‘त्यो मृत्यू डाक्टरहरुको प्राविधिक कारणले भएको हो वा के हो ? त्यो विषयमा छानबिन गरेर अघि बढ्नुपर्छ ।’

तपाईको प्रतिक्रिया