दुई जापानी सैनिक हेलिकप्टर दुर्घटना हुँदा एकको मृत्यु, सात जना बेपत्ता

काठमाडौं। प्रशिक्षणका क्रममा दुई जापानी सैनिक हेलिकप्टर दुर्घटनामा परेका छन् । जसमा अहिलेसम्म एक जनाको शव फेला परेको छ भने सात जना बेपत्ता रहेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ । यद्यपि दुव हेलिकप्टर दुर्घटनाको कारण भने अहिलेसम्म खुल्न सकेको छैन । बेपत्ता भएका सात जनाको खोजी भइरहेको छ ।

राति प्रशान्त महासागरको इजु टापुमा दुई जापानी हेलिकप्टरले पनडुब्बी विरोधी युद्ध अभ्यास गरिरहेका थिए । टोरिशिमा टापु नजिकै एउटा हेलिकप्टर सम्पर्क टुटेको थियो, केही क्षणपछि विमानबाट आकस्मिक संकेत प्राप्त भएको थियो ।

त्यसको २५ मिनेटपछि सोही क्षेत्रमा रहेको अर्को विमानको तालिमसँगको सम्पर्क पनि टुट्यो । जापान सेल्फ डिफेन्स फोर्स ९एसडीएफ० का एक प्रवक्ताले शघटनाको पुष्टि गर्दै एक व्यक्तिलाई उद्धार गरिएको तर मृत्यु भएको बताएका छन् ।

जापानका रक्षामन्त्री मिनोरु किहाराले विमानका केही भाग समुद्रमा देखिएको बताएका छन् । जसका कारण दुवै दुर्घटनामा परेको अनुमान गरिएको छ । समुद्री आत्मरक्षा बलले वरपरको पानीमा अन्य कुनै विमान वा जहाज नभएकोले घटनामा अन्य कोहीको संलग्नता नभएको बताएको छ ।

यतिबेला जापानले आफ्नो देशको सुरक्षामा विशेष ध्यान दिइरहेको छ । अमेरिकाले एसियाका धेरै देशसँगको सम्बन्ध सुधार्न निरन्तर लागिरहेको छ । पछिलो समय चीनको आक्रामकता र उत्तर कोरियाका कारण जापानले आफ्नो सुरक्षा प्रणालीमा खर्च बढाएको छ ।

तपाईको प्रतिक्रिया