सरकारको निर्णय अनुसार मंगलबार सार्वजनिक बिदा

काठमाडौं। सरकारको निर्णय अनुसार मंगलबार सार्वजनिक बिदा हुने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले कतारका अमिर शेख तमिम बिन हमाद अल थानी मंगलबार नेपाल भ्रमणमा आउने भएपछि सरकारले सार्वननिक बिदा दिने निर्णय गरेको हो ।

सरकार प्रवक्ता रेखा शर्माका अनुसार अमिर शेखको नेपाल भ्रमणका कारण सार्वननिक बिदा दिन लागिएको हो । शेख दुई दिने नेपाल भ्रमणमा आउँदैछन् ।

विदेशी राष्ट्रप्रमुख नेपाल भ्रमणमा आउँदा यसअघि पनि सरकारले सार्वजनिक बिदा दिने गरेको थियो ।

तपाईको प्रतिक्रिया