सुर्खेतमा ‘कर्णाली साहित्य महोत्सव’ हुँदै

सुर्खेत ।  वीरेन्द्रनगरमा मगलबार ‘कर्णाली साहित्य महोत्सव’ आयोजना हुने भएको छ । फ्युचर नेपाल र कर्णाली रिर्डस सोसाइटीको आयोजनामा सञ्चालन हुने एक दिने साहित्य महोत्सवमा पढन संकृतिबारे बहस विर्मश, पुस्तक प्रदशनी, लेखन प्रतियोगिता लगायतका कार्यक्रम हुनेछन् ।

कर्णाली साहित्य महोत्सव सुर्खेत उपत्यका नगर विकास समिति, वीरेन्द्रनगर नगरपालिका र सुर्खेतमा अवस्थित विद्यालयहरुसँको समन्वय र सहकार्यमा कर्णालीमा पहिलो पटक आयोजना हुन लागेको हो । महोत्सवको उद्घाटन कर्णालीका प्रदेश प्रमुख तिलक परियारले गर्ने कार्यक्रम रहेको छ ।

साहित्य महोत्सवका संयोजक डा. नवराज केसीले कर्णालीको भाषा, साहित्य र सस्कृतिको विकासमा यसले टेवा पु¥याउने बताए । ‘महोत्सवमा कर्णालीका बारेमा विभिन्न विधामा लेखिएका पुस्तकहरुको खोजी, संकलन र प्रर्दशनी गरिनेछ, लेखक र पाठकसँग सम्बन्ध विस्तार हुनेछ, उनले भने, ‘कर्णालीमा लेख्ने, प्रकाशन गर्ने र पढ्ने परिपाटीलाई प्रेरित गर्दै पठन संस्कृतिकको विकास गर्ने उद्देश्य राखिएको छ ।’

महोत्सवका आयोजकसमेत रहेका लेखक माधव चौलागाईले साहित्य महोत्सवमा स्थानीय, राष्ट्रिय तथा अन्तराष्ट्रिय ख्यातीप्राप्त लेखकहरुलाई आमन्त्रण गरिएको जानकारी दिए । महोत्सवले पठन तथा लेखन संस्कृतिको विकास हुनुका साथै कर्णाली प्रदेश सरकार र स्थानीय तहको शैक्षिक योजना निर्माणमा सहयोग पुग्ने बताइएको छ ।

साहित्यकार देवकी तिमिल्सेनाले खस भूमि कर्णालीमा आयोजना हुने कर्णाली साहित्य महोत्सवले विश्व पुस्तक दिवसको अवसर पारेर हरेक वर्ष बैशाख ११ गते निरन्तरता दिने बताइन् ।

तपाईको प्रतिक्रिया