दैलेखकाे भैरवी -६ मा बँदेलको आक्रमणबाट सात जना घाइते

सुर्खेत। बँदेलको आक्रमणबाट सात जना घाइते भएका छन् । बारीमा काम गर्दै गर्दा जङ्गलबाट आएको बँदेलले आक्रमण गर्दा  भैरवी गाउँपालिका–६ का सात जना स्थानीय घाइते भएका हुन् ।

बारीमा काम गरिरहेका बेला मङ्गलवार बिहान उनीहरूलाई बँदेलले आक्रमण गरेको भैरवी गाउँपालिका–६ का वडा अध्यक्ष तुलबहादुर हमालले बताए । घाइते मध्ये एक जनालाई बढी चोट लागेको र अन्य छ जना सामान्य छन् ।

बँदेलको आक्रमणबाट भैरवी–६ मा सात जना स्थानीय घाइते भएका दैलेख प्रहरीले जनाएको छ । ‘बँदेलले आक्रमण गर्दा सात जना घाइते भएका छन् । घाइते सात जना मध्ये एक जनालाई धेरै चोट लागेको छ । अन्य छ जनालाई सामान्य चोट छ ।’, दैलेखका प्रहरी प्रमुख सुनिल दाहालले भने ।

बँदेलको आक्रमणबाट घाइते हुनेहरूमा भैरवी–६ का रत्न बराल, तिलक पौडेल, गणेश सिजाली, पूर्ण सिजाली, तर्क पुन मगर, लक्ष्मन पुन मगर र जय बहादुर थापा रहेका वडा अध्यक्ष हमालले बताए । घाइते मध्ये गणेश सिजालीको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।

पछिल्ला वर्षहरूमा दैलेखमा जङ्गली जनावर बँदेलले किसानले लगाएको खेतीपातीमा ठुलो क्षति पु¥याउदै आएको छ । बँदेलले सिजन अनुसारको खेती नष्ट गर्न थालेपछि किसानहरूले खेतबारी बाँझो छोड्न थालेका छन् । सरकारले बँदेल रोकथामका लागि योजना बनाएर लाग्नुपर्ने किसानहरूको माग छ ।

तपाईको प्रतिक्रिया