बुधबार ५ सयले बढ्यो सुनको मुल्य

काठमाडौं। नेपाली बजारमा बुधबार सुनको बढेको छ । सुनको मूल्य बुधबार ५ सय रुपैयाँले बढेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुन १ लाख ३६ हजार रुपैयाँमा कारोबार भैरहेको छ । मंगलबार छापावाला सुन प्रतितोला १ लाख ३५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

बुधबार तेजाबी सुन १ लाख ३५ हजार ३५० रुपैयाँमा करोबार भइरहेको छ । मंगलबार तेजाबी सुन १ लाख ३४ हजार ८५० रुपैयाँमा करोबार भएको थियो ।

बुधबार चाँदी तोलाको १० रुपैयाँ घटेको छ । बुधबार चाँदी १ हजार ६७० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदीको मूल्य प्रतितोला १ हजार ६६० रुपैयाँमा कारोबार भएको थियो ।

अन्तराष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिन्छ ।

तपाईको प्रतिक्रिया