काठमाडौं । कर्णालीको कथा व्यथा समेटिएको सुरज पण्डितको गीत ‘रातो किताब’ भिडियो सार्वजनिक भएको छ । कर्णालीका कथा व्यथा समेटेर ल्याएका म्यूजिक भिडियो ‘रेलको बाटो’को अपार सफलता प्राप्त गरेको तीन वर्षपछि गायक एवम सर्जक सुरज पण्डितले अर्को कर्णालीको कथा व्यथा समेटिएको म्यूजिक कोशेली ‘रातो किताब’ सार्वजनिक गरेका हुन्।
बजेट र अर्थनीति सँग सम्बधित एउटा सरकारी किताबलाई इंगित गर्दै पण्डितले दोस्रो पटक कर्णालीको कथा व्यथा समेटिएको ‘रातो किताब’ म्यूजिक भिडियो सार्वजनिक गरेका हुन् ।
म्यूजिक भिडियोमा स्वर गायक पण्डितकै रहेको छ भने लिरिक्स र म्यूजिक पनि उनकै रहेको छ । लिरिक्स करेक्सर रमेश दाहालले गरेको गीतमा म्यूजिक एरेन्ज उदयराज पौडेल, मिक्सिङ मास्टरिङ श्यामश्वेत रसाइलीले गरेका हुन् भने असिस्टेन्ट मिक्सिङको काम किरण सुनारले गरका छन् ।
रेकडिस्ट कमल मगर र गोविन्द अनेक, गितार अनुप दास, सारंगी हेमन्तकान्छा रसाईली रहेको गीत प्रिज्मा स्टुडियोमा रेकर्ड भएको हो । माता त्रिपुरासुन्दरी मिडिया हव प्रालीको उत्पादन तयार पारेको हो । भिडियो निर्देशन लक्ष्मण सुनारले गरेका छन, भने अभिनय लक्ष्मण देवकोटा, सुस्मिता कुँवर र बसन्त उदासको रहेको छ ।
नेपालीरैबार । २०८१ बैशाख १४, शुक्रबार