बालेनको घोषणा, जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौं महानगरले गर्ने

काठमाडौं। काठमाडौं महानगरपलिकाका प्रमुख बालेन शाहले जुनसुकै पालिकाका गरिव तथा असहायको उपचार काठमाडौं महानगरले गर्ने बताएका छन् । सम्बन्धित वडाको सिफारिस लिएर आएमा निःशुल्क उपचार गरिने उनको भनाइ छ ।

उनले सामाजिक सञ्जालमार्फत भनेका छन्– नेपालको जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिक बिरामीहरूले आफ्नो पालिकाबाट विपन्न, असहायको सिफारिस लिएर काठमाडौं महानगर आउनुहोला । हामीसँग ४३ अस्पतालका ३२३ बेड आबद्ध छन् । त्यहाँ बिरामीको आवश्यकता अनुसार निःशुल्क उपचार हुनेछ ।

साथै प्रमुख शाहले निःशुल्क उपचारबारे थप जानकारी चाहिएमा, काठमाडौं महानगर स्वास्थ्य विभागमा सम्पर्क गर्न पनि आग्रह समेत गरेका छन् ।

तपाईको प्रतिक्रिया