सुर्खेतकाे चाैकुनेमा रास्वपाकाे नयाँ कमिटी गठन, अन्य दलबाट १ सय ५० जना प्रवेश

सुर्खेत । पश्चिम सुर्खेतको चौकुने गाउँपालिकामा बिष्णु प्रसाद उपाध्यायको नेतृत्वमा रास्वपाकाे नयाँ कमिटी गठन गरिएकाे छ ।

मंगलबार रास्वपाका प्रमुख सचेतक सन्तोष परियारकाे उपस्थितिमा नयाँ कमिटी गठन गरिएकाे हाे । उक्त कमिटी गठन कार्यक्रममा सुर्खेत जिल्ला सयोजक मदन खड्का , डा. गोबिन्द आचार्य ,घनश्याम पौडेल डिल्लीराम घिमिरे, सुर्य थापा,गणेश भक्त केसि,लगाएतकाे उपस्थिति रहेकाे थियाे ।

यस्तै मंगलबार नै नेकपा एमालेका नेता हरिप्रसाद अधिकारी सहित एक सय ५० भन्दा धेरै रास्वपा प्रवेश गरेका छन् । पार्टी प्रवेश गर्नेहरूमा गजराज बयक, तारा देबकोटा,हरिश्चन्द्र थापा, बम बहादुर बुढा,बिष्णु उपाध्याय, हिमलाल कडेल,यामलाल कडेल, टिकाराम कडेल हरिकला कडेल,याम बिक , यस्तै पुर्ण बिक, देबिराम बिक तेजेन्द्र बयक, कृष्ण कसेरा, देबिराम कसेरा,कृष्ण कसेरा, नरेन्द्र सिजापती, तिल बहादुर आले,राहुल बिक,पुर्ण फर्सेल, प्रेमिका बिसि,स्मृति आचार्य मिना गौतम अमृता सिग्देल रहेका छन् ।

यस्तै डिल्ली घिमिरे ,गौमती बिक,भोजराज जोशी,मान बहादुर बुढा,हिरा सिह थापा, बल बहादुर बास्तोला,नन्नाराम दानी जुन सन्जोक थापा, लगाएका नेताहरू रास्वपामा गएका हुन् । उनिहरू सबै जनालाई सचेतक परियारले पार्टीमा स्वागत गरेका थिए ।

तपाईको प्रतिक्रिया