गुराँसमा हाइटेक नर्सरी स्थापना, सम्झौता रद्धपछि लगानी फिर्ता नपाएको सञ्चालकको गुनासो

सुर्खेत । दैलेखको गुराँस गाउँपालिकाले विस २०७५ साल पुष महिनाको १७ गते आलु, फलफूल बिउ बिरुवा उत्पादन ल्याब तथा हाईटेक नर्सरी स्थापनाको लागि आशयपत्रको सुचना जारी गर्यो । उक्त सुचना अनुसार नेपाल कृषि विकास फर्म प्रालिले आफ्नो अशयपत्र पेश गरि स्वीकृत भयो । उक्त प्रालि स्वीकृत भएसँगै विस २०७५ साल चैत २६ गते २० बर्ष अवधी राखेर कार्यक्रम सञ्चालनका लागि सम्झौता भयो ।

स्टिमेट अनुसार गुराँस गाउँपालिका दैलेखको ४९ प्रतिशत र नेपाल कृषि विकास फार्म प्रा।लिको ५१ प्रतिशत लगानी साझेदारीमा फलफूल बिउ बिरुवा उत्पादन ल्याब तथा हाईटेक नर्सरी संचालन गर्ने सम्झौता भयो । त्यही सम्झौताअनुसार आलुको टिस्यूकल्चर ल्याब स्थापना गरियो ।

तर २०७९ फागुन २६ गते आलुको टिस्यूकल्चर ल्याब स्थापनाका लागि मेसिन, औजार र ईक्यूमेन्ट आदि खरिद र जडान कार्यका लागि भएको अर्को पूरक सम्झौतालाइ गाउँपालिकाले जानकारी नै नदिएर कानूनी समस्या भएको कारण देखाएर आगामी गाउँसभाबाट पास गर्ने गरी रद्ध गरिएको जानकारी गराइएको फर्म संचालक देवेन्द्र अधिकारी बताउछन् ।

गाउँपालिकासँग साझेदारीमा संचालन भइरहेको यो ल्याव संचालनमा केही समस्याहरु आउन थालेको भन्दै देवेन्द्र भन्नुहुन्छ, आलुको टिस्यूकल्चर ल्याब स्थापनाका लागि मेसिन, औजार खरिद र जडान कार्यका लागि भएको अर्को पूरक सम्झौतालाइ गाउँपालिकाले जानकारी नै नदिएर रद्ध भएको चिठ्ठी इमेलमा पठायो । पत्र पठाएपछि दुबै साझेदार बीच असमझदारी भयो । त्यस समयमा स्थानीय चुनावको लागि तयारी भइसकेको हुनाले हाम्रो गुनासो सुनुवाई हुन सकेन । निर्वाचपछि आफुहरुले गाउँपालिकालाई आफ्नो धेरै लगानी भइसकेको भन्दै सम्झौताअनुसार काम गर्ने वातावरण सिर्जना गर्न पटक–पटक अनुरोध गर्दा पनि सुनुवाई नभएको देवेन्द्र बताउछन ।

रद्ध भएको मेसिन खरिदको सम्झौतालाई कार्यपालिकाले अनुमोदन नगर्दा र सम्झौता अनुसार सिँचाईको लागि आवश्यक पहल नगर्दा सो व्यवसाय साझेदारीमा निरन्तरता दिन नसकिने भएपछि कि निरन्तरनताका लागि गाउँपालिकाले लगानी गर्नुपर्ने बजेट दिनुस्, कि एकलौटी गर्ने निर्णय गर्नुस् भनि निवेदन दियौँ उनले भने,

गाउँपालिकाको जाँचबुझ समिति गठन

फर्म संचालकले निवेदन दर्ता गरेपछि गाउँपालिकाले वि।स २०७९ मंसिर १० गते जाँचबुझ समिति गठन गर्यो । समितिले नयाँ कार्यविधि बनाई स्वतन्त्र सरकारी परियोजना, संस्थान, लिमिटेड वा प्राधिकरणको ढाँचामा गुराँस गाउँपालिकाले एकलौटी सञ्चालन गर्नुपर्ने र नेपाल कृषि विकास फर्मलाई चल अचल पूँजीलगायतको हिसाब सरकारी मूल्यांकन अनुसार भुक्तानी गरी बिदा गर्न सुझावसहित प्रतिवेदन बुझायो ।

त्यही सुझावको आधारमा २०७९ माघ ११ गतेको गाउँसभा तथा माध १२ गतेको कार्यपालिका बैठकले साझेदार नेपाल कृषि विकास फर्मको सबै लगानी फिर्ता गरि गाउँपालिका आफैले आलु, फलफूल बिउ बिरुवा उत्पादन ल्याब तथा हाईटेक नर्सरी संचालन गर्ने निर्णय गरेको छ । त्यही अनुसार गाउँपालिका आफैले प्राविधिक मुल्याङ्कन समेत गराइसकेको गाउँपालिकाले जनाएको छ ।

मेरो पेशा व्यवसाय चौपट भयोः संचालक

भएको सम्पती साहुँ ऋण गरेर ल्याव संचालनमा खर्च गरेको भन्दै अहिले गाउँपालिकाले व्यवसाय संचालनको वातावरण समेत अन्त्य गरेको भन्दै फर्म संचालक अधिकारीले आफ्नो लगानी समेत फिर्ता नदिएर घरको न घाटको गराएको दुखेसो गरे ।

सबै तथा विभिन्न स्रोत बाट प्राप्त अनुदान सहयोगको हिसाब ५० प्रतिशत गरि सम्झौता अनुसार घटाई बाँकी देखिने सबै रकमको ५० प्रतिशत गत आर्थिक बर्षभित्र दिने भनियो, उनले भने, “बाँकी ५० प्रतिशत चालु आर्थिक बर्षको पहिलो चौमासिकभित्र भुक्तानी गर्ने गरि सम्झौता भएपनि ४० लाख बाहेक अरु रकम अहिलेसम्म र पाएको छैन, मैले न्याय पाउन सकिन ।

पटक पटक मौखिक रुपमा अनुरोध गर्दा हुन्छ मात्रै भन्ने गरिएको भन्दै सबै प्रक्रिया पुरा गर्दा पनि आलटाल गर्ने गरिएको उहाको दुखेसो छ । प्रमुख प्रशासकीय अधिकृतले तोक आदेश नगर्ने र दर्ता नगर्ने तथा हामी सबै मिलाउँदै छौं नआत्तिनुस् भन्ने पन्छिने गरेकोले समस्या सिर्जना भएको छ, उनले भने । परामर्शदाताबाट गरेको विस्तृत मुल्याकन रिर्पोट गाउपालिकालाई प्राप्त भएको तथा सो रिपोर्ट आईसक्दा पनि आलटाल गरिएको उहाको भनाई छ ।

देवेन्द्रले दुखेसो गर्दै भने, “सजिलै रकम दिदैंनौ भुक्तानी लिने भए अदालतबाट मुद्दा जितेर आदेश लिएर आउनु नत्र अब यस बिषयमा कुरा गर्न नआउनु हाम्रो अरुपनि काम हुन्छ, हामीलाई नअल्झाउनु भनि पालिकाका जिम्मेवार व्यक्तीहरुले हकारेपछि अब हामी घर न घाटको भएको छौं ।

उक्त फर्ममा गुराँस गाउँपालिकाले साझेदारी लगानी र पेश्की गरी जम्मा एक करोड ९६ लाख तिन हजार पाँच सय ६३ लगानी गरेको छ भने प्रदेश कृषि मन्त्रालय, कृषि विकास कार्यालय दैलेख मार्फत विभिन्न समयमा ३३ लाख ९० हजार ९ सय ३७, र ईन इलम हेल्भेटास नेपालबाट विभिन्न समयमा ७ लाख ४० हजार अनुदान प्राप्त भएको देखिन्छ ।

उक्त नर्सरीमा अहिले गाउँपालिका पक्षको लगानी २ करोडभन्दा धेरै रहेको बताउँदै उक्त फर्मको लगानी करिब ५ करोड बराबरको कृषि तथा भौतिक पूर्वाधार सामग्रीे कर, ह्रासकट्टी काटेर बाँकी हुने रकम आफ्नो हुने दाबी संचालक देवेन्द्रको छ । अहिले गुराँस गाउँपालिकाले गाउँसभा र कार्यपालिकाबाट निर्णय गरि विधिवत् कृषि विकास शाखा, पशुपन्छी विकास शाखा र गुराँस कृषि अनुसन्धान तथा उत्पादन केन्द्र स्थापना संचालन गरिरहेको छ ।

प्रक्रिया पुर्याएर रकम फिर्ता गर्छौः अध्यक्ष विसी

गुराँस गाउँपालिका अध्यक्ष टोप बहादुर विसीले भने साझेदारीमा संचालन भएको सत्य उक्त फर्मको कुनै हिसाबकिताब नभएपछि पालिकाले जिम्मा लिएको प्रतिक्रिया दिए। अहिलेसम्म आम्दानी घाटा के भएको छ र ? कुनै हिसाब किताब आएन, त्यसो भएपछि हामीले पालिकाको सम्पतीको त सुरक्षा गर्नुपर्यो नी हैन र रु त्यही अनुसार सम्झौता रद्ध गरि पालिका आफैले चलाउने निर्णय गरिएको हो, उहाँले प्रक्रिया अनुसार रकम उहाँको आफ्नो लगानी फिर्ता पाउनुहुन्छ ।

पालिकाले एउटा व्यक्तीसँग साझेदारी गर्न उपयुक्त नदेखिएपछि आफुले फर्म संचालकलाई बोलाएर उक्त ल्याव एक्लै संचालन गर्न र पालिकाको लगानी फिर्ता गर्न अनुरोध गर्दा उहाले नमानेको अध्यक्ष विसीको भनाई छ । पालिकाले व्यक्तीसँग साझेदारी गर्न पनि गाह्रो, उनले भने, व्यक्तीले आफै चलाउनुहोस्, पालिकाको रकम फिर्ता गर्नुहोस् भनेपछि हैन पालिकाले चलावस् मेरो लगानी फिर्ता दिनुहोस् भनेपछि सरकारको लगानी असुरक्षित देखेपछि हामीले आफ्नो सम्पती जोगाउन लागेका हौँ, अध्यक्ष विसीले भने ।

तपाईको प्रतिक्रिया