काठमाडौं। नेपाली बजारमा सुनको भाउ फेरि बढेको छ । हिजो (बुधबार) २७ सय रुपैयाँले घटेको सुन आज २ हजार रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाला सुनको मूल्य १ लाख ३६ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाला सुनको मूल्य १ लाख ३४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
तेजाबी सुन १ लाख ३५ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँ बढेको छ । आज चाँदी प्रतितोला १ हजार ६४५ रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपालीरैबार । २०८१ बैशाख २०, बिहीबार