काठमाडौं। ड्रागन फ्रुटको सेवन गर्नु स्वास्थ्यका लागि एकदम फाइदाजनक हुन्छ । यसमा हुने पोषक तत्वहरुले शरीरका विभिन्न रोगहरुलाई पनि भगाउने काम गर्छ । यसबाट हुने फाइदाका बारेमा जानौं र कस्ता रोगहरुका लागि ड्रागन फ्रुट खानु फाइदाजनक हुन्छ त्यो पनि जानौं ।
ड्रागन फ्रुटमा भिटामिन सी, एन्टीअक्सीडेन्ट्स, पोलीअनसेचुरेटेड फ्याटी एसिड, क्यारोटिन र प्रोटिन जस्ता पोषक तत्वहरु पाइन्छन् । जसले शरीरलाई स्वस्थ राख्ने काम गर्छ ।
ड्रागन फ्रुटले कोलेस्ट्रोलको मात्रालाई कम गर्न सहयोग गर्छ । यसमा पाइने ओमेगा–३ फ्याटी एसिडले शरीरको बोसो तथा ओमेगा ६ ले कोलेस्ट्रोललाई घटाउने काम गर्छ ।
ड्रागन फ्रुट पेटका लागि पनि फाइदाजनक हुन्छ । यसमा फाइबर हुन्छ जसले पेटसँग जोडिएका समस्याहरुलाई ठिक गर्र्छ । ड्रागन फ्रुट खाँदा पेटमा हुने अपच, ग्यास तथा कब्जियत जस्ता समस्याबाट छुट्कारा पाउन सकिन्छ ।
ड्रागन फ्रुटले रगतमा सुगरको मात्रालाई पनि नियन्त्रणमा राख्ने काम गर्छ । यसमा क्यारोटिनाइड, थियोल, फाइबर र ग्लुकोसिनोलेट्स हुन्छ जसले रगतमा सुगरको मात्रालाई नियन्त्रण गर्ने गर्छ ।
ड्रागन फ्रुट मुटुका लागि पनि फाइदाजनक हुन्छ । यसमा हुने एन्टीअक्सीडेन्ट्स गुणले रक्तसञ्चारलाई राम्रो बनाउँछ । साथमा यसलाई नियमित खाँदा रक्तचापलाई पनि नियन्त्रण गर्न सकिन्छ ।
ड्रागन फ्रुटले इम्युनिटी पनि बलियो बनाउँछ । यसमा हुने भिटामिन बी, आइरन, क्याल्सियम र नियासिन जस्ता पोषक तत्वहरुले रोग प्रतिरोधात्मक क्षमता बढाउने गर्छन् ।
नेपालीरैबार । २०८१ बैशाख २४, सोमबार