सुर्खेत । दैलेख बजारको एक मोटरसाइकल ग्यारेजमा आगलागी हुँदा लाखौँको क्षति भएकाे छ । जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार नारायण नगरपालिका–१ स्थित एक मोटरसाइकल ग्यारेजबाट आगो सल्किएको हो ।
ग्यारेजबाट नजिकैको फेन्सी पसलमा पनि आगलागी भएको छ । दुई पसलको गरी लाखौँको क्षति भएको छ ।
प्रहरी अनुसार दमकल, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको सहयोगमा आगो निभाउने प्रयास भइहेको छ । आगो लाग्नुको कारण भने खुल्न सेकेको छैन ।
नेपालीरैबार । २०८१ बैशाख २५, मंगलवार