दैलेखमा चट्याङ लागेर पाँच जना घाइते

सुर्खेत । दैलेखमा चट्याङ लागेर पाँचजना घाइते भएका छन्। बुधबार जिल्लाको नौमुले गाउँपालिका वडा नम्बर ६ मा रहेको शिवशक्ति माध्यमिक विद्यालयमा दिउँसो २ :१६ मा परेको चट्याङले घाइते भएका हुन्।

घाइते हुनेहरूमा शिवशक्ति माध्यमिक विद्यालय कक्षा ५ मा अध्ययनरत छात्र बर्ष ९का विश्व बिकास रावत, बर्ष ९ का यामबहादुर चन्द कक्षा ७ मा अध्ययनरत छात्रा बर्ष १३ की लक्ष्मी गुरुङसहित दुई जना टिचर रमेश सिह ठकुरी , प्रेमबहादुर चन्द सामान्य घाइते छन ।

उनीहरूमध्ये विश्व बिकास रावतलाई बढी चोट लागेको नौमुले गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष लालबहादुर चन्दले जानकारी दिए। चन्दका अनुसार घाइतेको मध्य २ जनाको नौमुले प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ। बिश्व बिकास रावत लाई जिल्ला अस्पताल दैलेख पठाएको बिकासका बुवा मान बहादुर रावतले बताए । यस्तै विद्यालयको भौतिक संरचनामा समेत क्षति पुगेको वडा अध्यक्ष चन्दले बताए।

तपाईको प्रतिक्रिया