अब कमेडी शोमा पनि देखिने मिस पबी

काठमाडौं। ‘मिस पबी’ अब कमेडी शोमा देखिने भएकी छन् । टिकटकबाट उदाएकी मिस पबी पवित्रा साकी म्युजिक भिडियोमा जमेकी मोडल हुन्।

उनी विक्की अग्रवालले निर्माण तथा निर्देशनमा ल्याउन लागेको शो ‘कमेडी दरबार’मा देखिने भएकी हुन् । शोमा उनको भुमिका बारे भने खुलाइएको छैन । ‘भूमिका त मलाई पनि थाहा छैन । शोका लागि म एक्साइटेट रहेको छु’, उनले भनिन् ।

‘मिस पबी’ पछिल्लो समय फिल्मको दौडमा छिन् । केही अगाडि उनको अभिनय रहने फिल्म ‘राजमहल’ घोषणा भएको थियो । उक्त फिल्म निर्माण हुने नहुने अहिले अन्यौलता छ ।

उनी अहिले पनि केही फिल्मका अफर भइरहेको बताउँछिन् । फिल्ममा पनि आफू छिट्टै देखिने उनले विश्वास लिएको बताउ छिन् ।

तपाईको प्रतिक्रिया