इजरेली सेनाको गाजा जानका लागि क्रसिङ खोल्ने घोषणा

काठमाडौं। इजरेली सेनाले आइतबार प्रभावित गाजा पट्टीमा मानवीय सहायता लैजानका लागि नयाँ क्रसिङ खोल्ने घोषणा गरेको छ ।

सेनाले संयुक्त राज्य अमेरिकाको समन्वयमा इजरेल र उत्तरी गाजा बीचको पश्चिमी इरेज क्रसिङ खोल्ने घोषणा गरेको हो । सेनाका अनुसार नयाँ क्रसिङ इरेज क्रसिङको पश्चिममा समुन्द्रको किनार नजिक रहेको छ ।

इजरेली सेनाले गाजापट्टीको उत्तरमा सहायताका लागि मार्गहरू बढाउने प्रयासको रूपमा क्रसिङ निर्माण गरेको हो ।

उत्तरी गाजाको जबलिया क्षेत्रमा ठुलो मात्रामा कारबाही शुरु गरेको बताएको छ ।

यसले जबलियाबाट पश्चिमी गाजा शहरमा रहेको आश्रय स्थलमा सर्वसाधारणलाई खाली गर्न आह्वान गरेको छ ।

तपाईको प्रतिक्रिया